स्वास्थ्य

झापामा आईतबार थपिए ४६ जना कोरोना संक्रमिण

झापा, कात्तिक २ । झापामा आइतवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै झापामा संक्रमितको संख्या १३ सय ७६ जना पुगेको छ । संक्रमित भएकाहरु सबै स्थानीयबासी हुन् ।

संक्रमित हुनेहरुमा मेचीनगरका ९ जना, भद्रपुरका १७, बिर्तामोडका ७, अर्जुनधाराका २, बाह्रदशीका १, दमकका ६, कमलका १, झापाका १ र गौरादहका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । भद्रपुरका संक्रमितमध्ये तीन जना स्वास्थ्य कार्यालयका कर्मचारीसमेत रहेका छन्।

जिल्लामा संक्रमितमध्ये ९ सय ३९ जनाको डिस्चार्ज भइसकेको छ । १६ जनाको कोरोनाका कारण मृत्यू भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।