संघ \संस्था

एकता युवा क्लबको अध्यक्षमा अर्जुन

झापा, असोज २६ । एकता युवा क्लब मेचीनगरको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा युवा शिक्षासेवी अर्जुन राजवंशी सर्वसम्मत चयन भएका छन् । शनिबार मेचीनगर स्थित धुलाबारीमा सम्पन्न भेलाले अध्यक्षमा राजवंशी चयन भएका हुन् ।

क्लबको उपाध्यक्षमा दिपेश पाठक, सचिवमा मञ्जु चिमरीया, सह–सचिवमा उज्वल तामाङ, कोषाध्यक्षमा सन्तोष धमला, तथा सह–कोषाध्यक्षमा संस्कृति रिजाल चयन भएका छन् ।

क्लबको सदस्यमा सुदिप अधिकारी, अनिसा तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । साथै अन्य नयाँ सदस्यहरु आगामी पूर्ण कमिटिको बैठकबाट क्रमश थप गर्दै लैजाने उपाध्यक्ष दिपेश पाठकले बताए ।

त्यसैगरी क्लबले टिका मग्रान्तीको संयोजकत्वमा तीन सदस्यीय सल्लाकार समिति पनि चयन गरेको छ । सल्लाकार समितिको सदस्यमा रमेश गुरुङ्ग र युवराज आचार्य सर्वसम्मत चयन गरेको हो । क्लबको कार्यक्रम संयोजकमा अभिजित दवाडीलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published.