काठमाण्डौं, असोज ३० । प्रहरीले दाङबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल–भारत सीमाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम (घोराई) ल्याइदैं छ । पक्राउ परेकाहरू सो पार्टीका कुन तहका कार्यकर्ता हुन भन्नेबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

