काठमाडौं, मंसिर १० । कृषि विकास बैक शाखा अधिकृतले बेग्ला बेग्ने दुई वटा नागरिकता बनाएर आफै कार्यरत बैकमा करोडौ रकम ठगी गरेको खुलासा भएको छ ।
कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदारप्रसाद गौतमले आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बन्दै ठगी गरेको रहस्य खुलेको छ ।
उनले तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए अनि आफ्नै बैंकमा त्यस नाममा खाता खोले र विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले र ठगी गरेको खुलेको । उनले करिब ३४ करोड रुपैयाँ ठग्दा पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले नै पत्तो पायो ।
आफ्नै कर्मचारीले करोडौं रकम ठगी गरेको रहस्य ठगीले राजीनामा दिएर विदेश पलायन भएपछि मात्र बैकले थाहा पायो । , अहिले ठगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् ।

