समाचार

अर्घाखाँचीमा बस दुर्घटना, मृतकको संख्या १७ पुग्यो

काठमाडौं, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीका अनुसार दिउँसो साढे एक बजे सन्धिखर्कबाट बस छुटेको थियो। बस छुटको १ घण्टामा दुर्घटना भएको थियो।

सन्धिखर्कबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस तीन सय मिटर तल खसेको थियो। दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन्।

सन्धिखर्कबाट बस छुट्दा नौ जना यात्रुले मात्रै टिकट काटेका थिए। बाँकी यात्रु घुम्ती भन्ने स्थानबाट बसमा चढेका थिए। मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अुनसार उनका अनुसार घाइते ११ जना बुटवल र ३ सन्धिखर्क लगिएको छ।बसमा ३० यात्रु रहेको अनुमान गरिएको छ।

बस दुर्घटनाको काराण पनि एकिन हुन सकेको छैन। चालक सहचालकको अवस्था समेत पत्त्ता नलागेको प्रजिअ पौडेलले बताए।

Leave a Reply

Your email address will not be published.