अन्य

ठगी मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने प्रहरी निरीक्षक रंगेहात पक्राउ

काठमाडौं, मंसिर १३ । ठगी मुद्दा मिलाइदिन्छु भन्दै घूस लिने प्रहरी निरीक्षक रंगेहात पक्राउ परेका छन्। घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह रंगेहात पक्राउ परेका हुन्।

घुस लिँदालिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९० हजार घुससहित पक्राउ गरेको हो।

बिहीबार जनकपुर महानगरपालिका(८ स्थित सीता प्यालेस होटलबाटबाट उनलाई पक्राउ गरिएको हो। अख्तियारको टोलीले उनलाई ठगी मुद्दा मिलाइदिन्छु भनी उनले सेवाग्राहीसँग लिँदालिँदै गरेको अवस्थामा फेला परेको थियो।

निरीक्षक साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.