राजनीति

बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्दैन: वरिष्ठ नेता पौडेल

काठमाडौं, पुष १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको बताए ।

‘कम्युनिस्टको हातमा सता हुँदा उहाँहरु मनपरीरुपमा शासन चलाउँदै छन् भनेर हामी भनिरहेका छौं  । धेरै भोट ल्यायौं भन्दैमा संवैधानिक परिषददेखि सबैमा एकलौटी कसरी गर्न पाउनुहुन्छ ? भनिरहेका छौं शेरबहादुर जीकै नेतृत्वमा’ नेता पौडेलले भने,‘ अनि यता चाँही बहुमत छ भन्दैमा एकलौटी निर्णय कसरी भइरहेको छ ?’

भ्रातृ संस्थाहरुको विधान अनुसार अधिवेशन नगराएर नेतृत्वको कै हेलचक्रयाइका कारण भातृ संसथाहरुको अधिवेशन रोकिएको थियो । नेविसंघको महाधिवेशनलाई बारम्बार धकेलेर ल्याइयो यस्तो अवस्थामा एउटा सिस्टममा आउँ भन्ने हाम्रो माग थियो ।’ उनले भने असन्तुष्टिका बारेमा संस्थापन पक्षसँग ९ बुँदे एजेन्डा राखेर छलफल भइरहेको बेलामा एकाएक मिति घोषणा गरियो त्यसले पार्टी वैधानिक अवस्था के हो ? भन्ने अवस्था बनेको नेता पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.