झापा, पुस १८ । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक बन उपभोक्ता समुहको १५ औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाँले गरेका थिए ।
प्रमुख अतिथि बानियाँले २५४ हेक्टर बन क्षेत्र , ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माण लागि दुर्गाभिट्टा सामुदायिक बन क्षेत्रमा पुर्बाधार क्षेत्र बिकास कार्यक्रम अन्तरगत २५ लाख विनियोजन गरिसकेको र १५ करोडको डि पि आर पनि तयारी अवस्थामा रहेको बताउदै सो क्षेत्रले चाडै नै मुहार फेर्ने बताए ।
साथै सोही अवसरमा उनले ६० बिपन्न परिवारलाई न्यानो कमल पनि वितरण गरेका छन ।

कार्यक्रममा वडा अध्यक्ष मेख बहादुर भट्टराई , जिल्ला बन महासंघका अध्यक्ष बेद प्रकाश भण्डारी , बन सब डिभिजनका कार्यालय प्रमुख दिपक भण्डारी, दुर्गा थापालगायतले मन्तब्य राखेका थिए ।
धनराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य तिला पाण्डेले गरेका थिए ।

