संघ \संस्था

टुकीको भरमा बस्न बाध्य स्थानीय घरघरमा बिजुली पुगेपछि खुशी

दमौली, पुष १९ । तनहुँको ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । विद्युतीकरणका लागि उक्त ठाउँमा चार लाख रुपैयाँको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ ।

त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले ११ लाख रुपैयाँ लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान रहेको छ ।

Leave a Reply

Your email address will not be published.