काठमाडौं, पुष १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हेर्नुहोस !
पुस १९ गते (शनिबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
राति : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
पुस २० गते (आइतबार)
दिउँसो : देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २१ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली
रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च
पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
रातिः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

