झापा, फागुन ७ । कमल गाँउपालीका -३ स्थित सानुकेर्खामा रहेको कर्मणी वचत तथा ऋण सहकारी संस्थाले बुधवार (अाज) देखि खुत्रुक्के बचत योजना पनि सुरू गरेको छ ।
सदस्यहरूको रुचि तथा माग अनुसार खुत्रुक्के बचत योजना संञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष त्रिलोचन गौतमले बताए । संस्थाले सदस्य श्री वसन्त मगरको नानि अभियान मगरको नाममा पहिलो खुत्रुक्के बचत योजना सुरू गरेको हो ।
संस्थाका अध्यक्ष गाैतम सहित लेखा संयोजक बिकास घिमिरे, व्यवस्थापक निरोज दाहाल र कर्मचारी कल्पना सापकाेटा (सन्जेल)को उपस्थितमा खुत्रुक्के बचत योजना हस्तान्तरण गरेको थियो ।

