कला

महाशिवरात्रि मेलाको तयारी पुरा

झापा, फागुन ७ । बिगत बर्षहरू देखि नै महाशिवरात्रिको अवसरमा लाग्दै अाएको मेला भोली देखि लाग्दै छ ।

महाशिवरात्रिको अवसर पारेर मेचीनगर ५ र ८ मा रहेको घैलाडुब्बा देवी तथा शिवालय मन्दिरमा लाग्ने शिवरात्रि मेलाको तयारी पुरा भएको अायोजक सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिवालय मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश ढुङ्गानाले जानकारी दिए ।

पुर्वको धार्मिक तथा पर्यटक स्थल साथै बनभोज स्थलका रूपमा पनि चर्चित सो क्षेत्रमा बिगत देखि नै शिवरात्रिको अवसरमा मेला लाग्ने गरेको छ । शिवरात्रिमा नेपाल संगै भारतका दार्जेलिङ्ग, अासाम, सिक्किमलगायतका क्षेत्रबाट श्रद्धालु भक्तजनहरू मन्दिरको दर्शन तथा मेला घुम्न अाउने गरेको छन् ।

मेला घुम्न अाउने श्रद्धालु भक्तजनहरूलाई व्यवस्थित रूपमा दर्शन गरी मेला घुम्ने व्यवस्था मिलाईएको समितिका उपाध्यक्ष अर्जुन पोखरेलले बताए । मेलामा रोटेपिङलगायत बच्चाहरूका लागि विभिन्न मनोरञ्जनका सामाग्रीहरू रहेको पनि उपाध्यक्ष पोखरेलले बताए ।

फागुन ८ गते बिहिवार (भोली) देखि १० गते शनिवारसम्म तीन दिन लाग्ने मेलालाई मर्यादित पार्न मदिरा निषेध गरिएको अायोजक समितिका अध्यक्ष चन्द्र कोईरालाले बताए ।

Leave a Reply

Your email address will not be published.