कला शिक्षा

एभरेष्ट भ्यू इङ्गलिस स्कुल मेचीनगरले मनायो रजत महोत्सव

झापा, फागुन २३ । मेचीनगर ८ स्थित एभरेष्ट भ्यू इङ्गलिस स्कुलले आफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो ।

विद्यालय परिसरमा शुक्रवार राष्ट्रिय कलाकार निलम ढुङ्गानाको साथमा एभरेष्ट भ्यू इङ्गलिस स्कुलमा अध्यायनरत विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका स्कुल कोअडिनेटर रूपसागर अधिकारीले जानकारी थिए ।

मेचीनगर प्याप्सन अध्यक्ष डम्बर रूचालको प्रमुख आतिथ्यतामा भएको रजत महोत्सव कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य टिकाराम मग्रान्ती, मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरी बुढाथोकी, मेची कृषक बहुमुखी सहकारी संस्थाका व्यवस्थापक दिपक काफ्लेको विशेष अातिथ्यता रहेको थियो ।

दोकानडाडा अंग्रेजी माविका प्रिन्सीपल नेत्र खतिवडा, बाल जागरण मञ्च मेचीनगरका अध्यक्ष मनिकुमार लिम्बु, गोविन्द पोख्रेल, पत्रकार, संघसंस्थाका प्रतिनिधिलगायतको अातिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक, अभिभावकलगायत विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिद्यालयका फाउण्डर विनोद बुढाथोकीको अध्यक्षता सम्पन्न रजत महोत्सव कार्यक्रम सञ्चालन शिक्षक प्रेम पौडेल र एभरेष्ट भ्यू इङ्गलिस स्कुलमा अध्यायनरत विद्यार्थीहरूले पालैपालो गरेका थिए ।

Leave a Reply

Your email address will not be published.