कास्की चैत २ । कास्कीको लुम्लेलाई केन्द्र बनाएर आज शक्तिशाली भुकम्प गएको हो । आज बेलुका ८ः४५ मिनेटमा कास्कीमा भुकम्प गएको हो । यसको धक्का काठमाडौं लगायत कास्कीका छिमेकी जिल्लाहरुमा महसुस गरिएको छ ।
५.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । धक्कापछि मान्छेहरुको भागाभाग पनि भएको थियो । भूकम्पको केन्द्रविन्दु कास्कीको लुम्ले थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।
भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् । भूकम्पबाट कती क्षती भन्ने अनुसन्धान भईरहेको छ ।

