स्वास्थ्य

काठमाडौंबाट १० लाख थान बढी मास्क बरामद

काठमाडौं, चैत ३ । प्रहरीले काठमाडौंको संतुगलबाट ८ लाख ४० हजार मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा उक्त सङ्ख्यामा मास्क बरामद भएको हो ।

प्रहरीले उक्त कम्पनीमा सोमबार बिहान छापा मारेको थियो । यो संगै शनिवार यता मात्र रहरीले काठमाडौंमा लुकाई राखेको अवस्थामा १० लाख बढी मास्क बरामत गरिसकेको छ ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालमा पनि मास्क प्रयोग कर्ता बढका छन् । जसको फाइदा उठाउदै ब्यापारीले क्रितिम अभाव सृर्जना गर्दै अहिले मास्कको कालोबजारी गरीरहेको पाईएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५७ देशमा पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.