संघ \संस्था

पाँचथर सरोकार समाजद्वारा कैदीबन्दीलाई साबुन सहयोग

झापा, चैत २८ । झापा कारागारका कैदीबन्दीलाई पाँचथर सरोकार समाज झापाले साबुन सहयोग गरेको छ । समाजका अध्यक्ष कमल खरेल र सचिव सुवास भट्टराई नेतृत्वको टोलीले कारागार पुगेर कैदीबन्दीलाई साबुन दिएको हो । समाजका अध्यक्ष खरेलले कोरोना भाइरसको जोखिमबाट बच्न नियमित हात धुनुपर्ने भएकाले कैदीबन्दीका लागि एक हजार एक सय थान लाइफव्वाई साबुन उपलब्ध गराइएको बताए ।

समाजको टोलीले झापा कारागारका प्रमुख राजेन्द्र निरौलालाई साबुन हस्तान्तरण गरेको हो । यसअघि प्रदेश सरकारकी राज्यमन्त्री जयमाया गजमेरले कैदीबन्दीलाई मास्क हस्तान्तरण गरेकी थिइन् । कैदीबन्दीमा मास्क, हातधुने साबुन र स्यानिटाइजरको अभाव देखिएपछि उनले उपलब्ध गराएकी हुन् ।

राज्यमन्त्री गजमेरले कैदीबन्दीका लागि मास्क, हातधुने साबुन र स्यानिटाइजर उपलब्ध गराएकी थिइन् । सामाजिक विकास मन्त्रालयले कारागारलाई ६० वटा स्यानिटाइजर, ११ सय पिस मास्क, ५ सय ग्लोब्स उपलब्ध गराएको छ । झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना बालबालिका आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.