विविध

मेचीनगर ७ का युवाहरुले दिए विपन्नलाई राहत

झापा, चैत ३० । प्यारीभिट्टा तथा आयाबारीका सक्रिय युवाहरूले आईतबार विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका छन् । बर्षको अन्तिम दिन दैनिक ज्यालादारीमा काम गर्ने वडा नम्बर ७ आयाबारी (क्वाटर लाइन) मा बसोबास गर्ने ३३ बिपन्न परिवारलाई राहत सामग्री वितरण गरेका हुन ।

विभिन्न सहयोगी दाताहरुको सहयोगबाट दुःखमा परेका परिवारलाई सहयोग गरीएको कराते खेलका प्रशिक्षक समेत रहेका युवा समापसेवी राजु सिवाकोटीले जानकारी दिए । उनका अनुसार विपतको बेला सहयोग पुर्याउने दाताहरुमा चाराली सब्जि मन्डीका अध्यक्ष पुर्ण श्रेष्ठ, मेनपा ७ का माधब आचार्य, रमेस भेटबाल, सुनिल गुप्ता, आशिर्वाद ओलि, हरिभक्त पोख्रेल, राजेस गिरीलगायत रहेका छन् ।

राहत स्वरुप प्रती परिवार ८ केजी दाल, एक पोका नुन, टमाटर, बन्दागोभी, प्याज, आलुलगायतका सब्जीका परिकारहरु बितरण गरेको छ । राहत बितरण कार्यक्रममा खेलाडी तथा युवा समाजसेवी मुक्ति काफ्ले, सुवास बिष्ट, ईस्वर घिमिरे, मुन्ना मण्डल, कृष्ण कट्टेललायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.