युवराज आचार्य
झापा, जेठ १४ । चर्चित ब्याण्ड वेभ ब्याण्डले बाच्न चाहन्न बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । लकडाउनकै बिच ब्याण्डले आफ्नो युवट्युव च्यानल मार्फत आफ्नो नँया म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

बाच्न चाहन्न बोलको गीतमा गायक अर्जून दाहालको स्वर रहेको छ । संगीत पनि दाहालले नै भरेका छन् । गितारमा अनिल रसाइली र श्रृजन राजवंशी, बेस गितारमा सन्तोष श्रेष्ठ, ड्रम्समा सुवास श्रेष्ठ र किबोर्डमा धुर्व आचार्य रहेका छन् ।
मुकुन्द भट्टराईले खिचेको भिडियो सम्पादन झापाको मेचीनगर–६ मा रहेको ओएसिस स्टुडियोले गरेको थियो । भिडियोमा ब्याण्डको सदस्यहरुको नै अभिनय रहेको छ ।

सार्वजनिक भएको गीतको म्यूजिक भिडियोले छोटो समयमा नै दर्शकको मन जित्दै भरपुर साथ पाइरहेको छ । छोटो समयमा धेरे दर्शकले सो भिडियो हेरी सकेका छन् ।
वि.स २०६० सालमा स्थापना भएको वेभ ब्याण्ड अहिले नेपाल संगै छिमेकी राष्ट्र भारत, भुटानलगायतको देशमा पनि लोकप्रिय छ । देश तथा विदेशको सांगेतीक कार्यक्रम, महोत्सव, कन्र्सटलगायतका कार्यक्रममा ब्यस्त रहने ब्याण्डले चाडै नै अर्को नँया गीतको म्यूजिक भिडियो ल्याउने तयारीमा रहेको जनाएको छ ।
म्यूजिक भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

