समाचार

पहिरोले पुरिएका ९ जनाको शव फेला, वेपत्ता एक जनाको खोजी जारी

काठमाडौं, असार १ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ । शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका १० जनामध्ये ९ जनाको शव फेला परेको हो । मृत्यु भएका ९ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ ।

वेपत्ता एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएकी १३ वर्षीय जेनिश विकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिर्पा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिस विक र ७ वर्षीया प्रमिसा विक छन् । अहिले पनि वर्षा भइरहेकाले समस्या भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.