स्वास्थ्य

नेपालमा आज थपीए ६२९ जना कोरोना संक्रमित, रेड जोनमा ५०९ जना

काठमाडौँ, असार १० । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यसै रेड जोनमा ५०९ जना रहेको पनि प्रवक्ता डा. गौतमले बताए ।

यस्तै, थप ११४ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा आठ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ३३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.