अन्य

अनेरास्ववियुको डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम

मेचीनगर । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा भएको प्रथम अखिल डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम भएको छ । मेचीनगरको धुलाबारी माविमा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद सहिद दशरथले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा द्वितीय हुने इष्ट होराइजन माविले ७ Read More…

अन्य

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको Read More…

अन्य

मेचीनगरमा एक प्रिन्सिपल सहित दुई वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा पक्राउ

मेचीनगर। वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा मेचीनगरमा एक प्रिन्सिपल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचना अनुसार मेचीनगर वडा नं. ४ बाहुनडाँगीमा रहेको एक निजी विद्यालयका प्रिन्सिपललाई आफ्नै विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । एसइइ परीक्षाको तयारीमा रहेका वालिकालाई दूर्व्यवहार गरेको अभिभावकले थाहा पाएर प्रहरीलाई जानकारी गराए पछि प्रिन्सिपल पक्राउ Read More…

अन्य

आत्महत्याका घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

मेचीनगर। मेचीनगरका सामुदायिक बिद्यालयका छात्र छात्रालाई बढ्दो आत्महत्याका घटना न्युनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न भएको छ ।  लैगिंक हिसां बिरुद्धको १६ दिने अभियान अन्र्तगत मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा आत्महत्याका घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण गरिएको हो । आत्माहत्या न्युनिकरण र रोकथाम सम्बन्धि मेचीनगरका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, Read More…

अन्य

रोलिङ च्यालेन्जकप: भारतीय टोली मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश

मेचीनगर । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै दार्जिलिङको मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो । भारतीय टोली मानेभञ्ज्याङले राष्ट्रिय जागृतिलाई १–० गोल अन्तरले हराएको हो । Read More…

अन्य

विजय खरेलको स्मृति ग्रन्थ लोर्कापण

मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ । सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गरेका हुन् । सो अवसरमा खरेलको स्मृति ग्रन्थबारे उनका भाई डा. दशरथ खरेल र साहित्यकार भुवन सुब्बा (खरेल) Read More…

अन्य

आदर्श मावि : भवन निर्माणको रकम रोकियो

मेचीनगर । आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवनकोलागि संघीय सरकारबाट प्राप्त विशेष अनुदानको रकम मेचीनगर नगरपालिकाले रोक्न कार्यपालिकाको निर्णय सहित सिफरिस पठाएको भन्दै विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले संघीय सरकारबाट विशेष अनुदानको रूपमा ल्याएको बजेट रोक्न, नगरपालिकाले सिफारिस नगर्ने निर्णय गरेको जानकारी दिएको हो । विद्यालयको स्तरउन्नति र पूर्वाधारका लागि Read More…

अन्य

नेकपा एमाले मेचीनगर ८ ले गर्यो जेष्ठ नागरिकलाई सम्मान

मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार मेचीनगर ८ स्थित श्री कृष्ष्ण व्यासआश्रममा एक कार्यक्रमका बिच पार्टीमा योगदान पुर्याएका पुराना तथा जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरिएको हो । विभिन्न तह र तप्कामा रहेर होस् वा बिना जिम्मेवारीमा रहेर होस् एमालेको संगठन विस्तारमा बिगतमा महत्वपूर्ण भूमिका निर्वाह Read More…

अन्य

प्रथम जोरसिमल कप २०८० : ब्रदर्श एफसी र सालबारी विजयी

मेचीनगर । मेचीनगर ७ मा जारी ´प्रथम जोरसिमल कप २०८०` फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४-१ अन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा Read More…

अन्य

आचार्य बन्धुले गरे मेचीनगरमा सामुहिक गोठ पूजा

मेचीनगर । मेचीनगर क्षेत्रमा छरिएर रहेका आचार्य बन्धुहरू एकै ठाँउ संगठित हुँदै सामुहिक गोठ पूजा गरेका छन् । मंगलबार मेचीनगरका पन्द्रवटै वडामा छरिएर रहेका आचार्य (कौडिण्य) बन्धुहरू मेचीनगर १० खहरेडाँगी स्थित नारायण प्रसाद आचार्यको घरमा सामुदायिक रूपमा भेला भई गोठपूजा सम्पन्न गरेका हुन् । आचार्य बन्धु सेवा समाज मेचीनगरको समन्वयमा प्रत्येक बर्ष उधौली र उभौली Read More…