अन्य

आत्महत्याका घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

मेचीनगर। मेचीनगरका सामुदायिक बिद्यालयका छात्र छात्रालाई बढ्दो आत्महत्याका घटना न्युनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न भएको छ । 


लैगिंक हिसां बिरुद्धको १६ दिने अभियान अन्र्तगत मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा आत्महत्याका घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

आत्माहत्या न्युनिकरण र रोकथाम सम्बन्धि मेचीनगरका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, न्युरो साइक्रेटिक डाक्टर सन्दर्भ अधिकारी र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका सई प्रमोद रेग्मीले उपस्थित विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो ।

मेचीनगरका सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।


तनाव व्यवस्थापन गर्न नसक्दा धेरै युवाहरुले आत्महत्याको बाटो रोजिरहेको अवस्थामा त्यसको न्युनिकरणका लागि सचेतना फैलाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो । 


नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका प्रमुख प्रसाशकिय अधिकृत अग्नी प्रसाद अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । समाजिक शाखा प्रमुख शम्भु पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो ।


नगरका सामाजिक विकास समिति संयोजक हृदय राजवशींले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य कविता मिजार लगायत उपस्थित रहनुभएको थियो । अभिमुखिकरणको सहजीकरण प्रहरी नायब निरिक्षक प्रमोद रेग्मी,न्युरो साइक्याट्रिक सन्दर्भ अधिकारी तथा नगरपालिकाका प्रसाशन,योजना तथा अनुगमन शाखा प्रमुख अन्नत प्रकाश वस्तीले गर्नुभएको थियो ।