समाचार

बीआरआई सहमती देशको हितमा छ यसलाई कार्यान्वयन गर्छाैं : प्रधानमन्त्री ओली

झापा । एमालेका एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।

सोमबार झापाको बिर्तामोडमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटक आफ्नो चीन भ्रमणका क्रममा नेपाललाई लाभ पुग्नेगरी बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा सहमति गरेर फर्किएको बताउँदै उक्त सम्झौतामा ऋण कुरा उल्लेख नभएको बताए ।

आफू चीन जानुअघि नै ऋण लिन चीन जाँदै छैनौं भनेर प्रष्ट पारेको बताउँदै प्रधानमन्त्री ओलीले भने ’मैले भनेरै गएको थिएँ यतिबेला ऋणको कुरा हुँदैन अनुदान सहायताकै कुरा गर्छाैं । तर, कहिलेकाँही प्रतिफल दिने ठाउँमा ऋण लिन सकिन्छ, के–मा ऋण लिन हुन्छ केमा हुँदैन भन्ने कुरामा अहिलेको सरकार सचेत छ । उनले भने, ऋण लिएर घिउ खाइँदैन, देशलाई नोक्सान पर्नेगरी कुनै पनि काम अहिलेको सरकारले गर्दैन, विकास कसरी गर्नुपर्छ भन्ने अहिलेको सरकारलाई थाहा छ ।’

नेपालले प्राप्त गर्ने सहयोग वर्षाैंदेखि अल्मलिएको थियो । अहिले प्राप्त गर्ने सम्झौता भएको छ । आफू २०१६ मा चीन जाँदा बीआरआईको सहयात्री बन्छौं हामीलाई यसअन्तर्गतको सहयोग चाहिन्छ भनेर चीनसँग भनेको प्रधानमन्त्री ओलीले सुनाए ।

’बीआरआईमा एउटा छाता सम्झौताको सहमतिको रुपमा, २ देशको मित्रताको प्रतीकका रुपमा, हामीलाई गर्ने सहयोगको मूल ढाँचाको रुपमा अहिले बीआरआईमा सम्झौता गरेका छौं । बीआरआई ठिक भएको र बीआरआईमा नेपालले गरेको सहमति ठिक रहेको उनको भनाइ छ । ’बीआरआई हाम्रो पक्षमा छ, २ देशको मित्रता बढ्नेगरी, हाम्रो देशलाई लाभ पुग्नेगरी हामी बीआरआईमा सहमति गरेका छौं, त्यसलाई कार्यान्वयन गर्छाैं उनले भने ।’

त्यस्तै अहिलेको नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सरकार देश र जनताको हितका लागि बनेको बताए । देशमा स्थायीत्व र समृदि ल्याउन अहिलेको सरकार सफल हुने बताउँदै उनले यो सरकार सहमती अन्ुसार पुरै टिक्ने दावी गरे ।

ओली चौथो पटम प्रधानमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका हुन् । द्ईदिने झापा बसाइमा प्रधानमन्त्री ओलीले देशकै गौरवको रुपमा रहेको दमक बिजिनेस कम्पेल्क्सको उद्घाटन, मानव सेवा आश्रम मेचीनगरको उद्घाटन तथा बहुबर्षिय गुरुयोजनाकोे शिल्यान्यास, गौरादहमा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भलगायत आधादर्जन कार्यक्रममा व्यस्त रहे ।