मनोरञ्जन राजनीति

अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुँदै

काठमाडौं, पुस २१ । अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् । राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ । उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, Read More…

राजनीति

गृहमन्त्रीविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

चितवन, पुस २० । गृहमन्त्री रामबहादुर थापाविरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ। थापालाई चितवनमा कालो झण्डा देखाउनुका साथै विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो। प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो। Read More…

राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको बिर्तामोडमा प्रदर्शन (फोटोफिचर)

झापा, पुस १८ । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह अहिले देशै भर सडक संघर्षमा उत्रिएको छ । सोही कार्यक्रम अनुसार आज झापामा पनि बृह्त बिरोध सभा आयोजना गरेको हो Read More…

राजनीति

नेकपा फुटेको होईन, केही नेताहरु छुट्टिएका हुन् : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताहरु पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको बताएका छन् । शुक्रबार ३६ देशका प्रवासी नेपाली एकतामञ्चलाई भर्चुअल अलसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभइ केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टीबाट अलग्गिएर छुट्टै सरकार बनाउने खेलमा लागेको बताएका हुन् । उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको Read More…

राजनीति

संसद विघटनको विरोधमा आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

काठमाडौं, पुस १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्। उनका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा Read More…

राजनीति

चुनाव हुन्छ र ठूलो पार्टी हुन्छ भन्ने भ्रममा नपर्न कांग्रेसलाई बाबुरामको सुझाव

काठमाडौं, पुस १२ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित जसपाको प्रदर्शनलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउलान र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गरेका हुन् । उनले चुनाव भ्रममात्रै Read More…

राजनीति

कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी एकताको पक्ष्यमा उभिन प्रदेश १ का कार्यकर्तालाई आह्वान

झापा, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेशका जिल्ला इन्चार्जहरुले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी एकताको पक्ष्यमा उभिन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । आज संयुक्त अपिल जारी गर्दै प्रदेश १ का सबै जिल्ला इन्चार्जहरुले पार्टी एकताको पक्षमा उभिन सबै पार्टी पङतीलाई यस्तो आह्वान गरेका हुन् । प्रदेश १ का Read More…

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, पुस ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकले ओली सरकारका कदमविरूद्ध देशैभर आन्दोलनका कार्यक्रम ल्याउने Read More…

राजनीति

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ तथा शुभकामना दिएका छन् । मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेपछि बैठकमै प्रचण्डले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना दिएका हुन् । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय Read More…

राजनीति

मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैनः गोपालचन्द्र बुढाथोकी

झापा, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको गृह जिल्ला झापाका गोपालचन्द्र बुढाथोकी सहित १८ जना भन्दा बढीलाई आफ्नो पक्षको केन्द्रीय सदस्य मनोनित गरेका थिए । त्यसको केही समयमा नै गोपालचन्द्र बुढाथोकीले स्टाटस लेख्दै आफु केन्द्रिय सदस्यमा नरहने बताउदै विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर नरहेको बताए । कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो Read More…