अर्थ राजनीति

चिया मजदुरहरुलाई तत्कालै राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन एमालेको ज्ञापन पत्र

मेचीनगर । नेपाल चिया विकास निगम (टोकला) मा कार्यरत चिया मजदुरहरुलाई राज्यले तोकेको सेवा सुविधा उपलब्ध नगराएको भन्दै नेकपा एमालेले बगान व्यवस्थापनको ध्यानाकार्षण गराएको छ । आज टोकला बगान परिसरमा नै पुगेर एमाले मेचीनगर ८ वडा कमिटीले मजदुरहरुलाई तत्काल राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको छ । टोकला बगान व्यवस्थापन समितिलाई ज्ञापन पत्र Read More…

अर्थ

प्रहरीद्वारा भारत लैजाँदै गरेको सुपारी बरामद

मेचीनगर । भारत लैजाँदै गरेको सुपारी प्रहरीले काँकडभिट्टा नाकाबाट बरामद गरेको छ । आज साँझ मेचीनगर–६ मेची खोलाबाट प्रहरीले सुपारी बरामद गरेको हो । अवैधरुपमा लैजान लागिएको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले सीमावर्ती नाकाबाट भारत लैजान लागिएको १२० किलो सुपारी बरामद गरिएको बताए । बरामद सुपारीको मूल्य Read More…

अर्थ संघ \संस्था

४३औँ विश्व पर्यटन दिवस; कोभिडले थला परेको पर्यटन व्यवसाय चलायनमान बनाउँन जोड

झापा । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले मुलुकको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ४३औँ विश्व पर्यटन दिवसको अवसरमा मंगलबार नेपालको पुर्वी नाका काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले कोभिडले थला पारेको पर्यटन क्षेत्र चलायमान बनाउन सके मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरू प्रशस्त भित्र्याउन सकिने बताए । काँकरभिट्टा नेपालको पूर्वीद्वार Read More…

अर्थ

थोप्लेविरान महिला कृषि सहकारीको अध्यक्षमा डम्बर कुमारी

धुलाबारी । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छिन् । सहकारीको शनिवार भएको आठौ साधारणसभाले उनको नेतृत्वमा चार बर्षे कालकार्यका लागि १० सदस्यीय समिति चयन छ । समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका हुन् । एक जना सदस्य भने Read More…

अर्थ संघ \संस्था

आराध्य बचत तथा ऋण सहकारी संस्थाको ७औं बार्षिक साधारण सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ७ मदनबस्ती स्थित आराध्य टोलमा प्रधान कार्यालय रहेको आराध्या बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सातौं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा भवानी साकोसका बजार व्यवस्थापन समिति संयोजक चक्र बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि खत्री, Read More…

अर्थ

प्रहरीको सेटिङमा काँकरभिट्टा नाकाबाट दैनिक रुपमा भारततर्फ सुपारी तस्करी

झापा । झापाको मेचीनगर स्थित काँकरभिट्टा नाकाबाट प्रहरीकै सेटिङमा दैनिक रुपमा भारततर्फ सुपारी तस्करी भैरहेको पाइएको छ। सिमा सुरक्षाका लागि भन्दै खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमै खुलेआम सुपारी तस्करी हुने गरेको तथ्य फेला परेको छ। सिमानाकामा खटिएका प्रहरी र तस्करहरूको सेटिङमा अहिले पुर्वी नाका काँकरभिट्टाबाट दैनिक रुपमा भारततर्फ अवैध सुपारी निकासी हुने गरेको Read More…

अर्थ

मेगा वैंक नेपालको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिर्तामोड । मेगा वैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई बचत, लगानी र कर्जा लगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा वैंक नेपाल बिर्तामोड शाखाले वित्तीय साक्षरता प्रदान गरेको मेगा वैंक Read More…

अर्थ संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारण सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबार दुर्गेश्वरी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख बुढाथोकीले सहकारीले महिला र पुरूष बीचको आर्थिक समान्ता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । संस्थाले साधारणसभाको अवसरमा ५ जनालाई सम्मान गरेको छ Read More…

अर्थ

झापाको काँकरभिट्टामा नबिल बैंकको शाखा विस्तार

झापा । होटलै होटलको शहरको रुपमा परिचित काँकरभिट्टा पछिल्लो समय बैकहरुको शहरको रुपमा पनि विकशित हुदैछ । झापाको मेचीनगर स्थित काँकरभिट्टा शहरले आकार लिदैगर्दा अहिले क वर्गका बैंकहरुको नजर पनि यस क्षेत्रमा पर्न थालेको छ । अहिले करिब दर्जनको हाराहारीमा क बर्गका बैकले आफ्नो शाखा काँकरभिट्टामा राखिसकेका छन् । यसैबिच काँकरभिट्टामा नबिल बैकको १६०औँ शाखा Read More…

अर्थ

झापाको सुरुङ्गामा नबिल बैंकको शाखा विस्तार

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा नबिल बैंकको शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पोख्रेलले गर्नु भएको थियो । बैकका सि ई ओ ज्ञानेन्द्र प्रसाद ढुगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले अब चाडैं नविल बैक सग मिलेर कनकाईवासीहरुका लागि स्वरोजगार तथा आत्मनिर्भर Read More…