अर्थ

प्रहरीद्वारा भारत लैजाँदै गरेको सुपारी बरामद

मेचीनगर । भारत लैजाँदै गरेको सुपारी प्रहरीले काँकडभिट्टा नाकाबाट बरामद गरेको छ । आज साँझ मेचीनगर–६ मेची खोलाबाट प्रहरीले सुपारी बरामद गरेको हो । अवैधरुपमा लैजान लागिएको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले सीमावर्ती नाकाबाट भारत लैजान लागिएको १२० किलो सुपारी बरामद गरिएको बताए । बरामद सुपारीको मूल्य ८० हजार रुपैयाँ छ । उक्त सुपारी प्रहरीले मेची भन्सारमा बुझाइने जनाएको छ ।