धुलाबारी । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ ले सदस्य लक्षित बृहत सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार मागुरमाडी सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा बाख्राको पाठा, ब्याग, हजारी, स्प्रे ट्यांकी वितरण गर्नुका साथै गुडिया तालिमका सहभागीलाई प्रमाणपत्र एवम् जनप्रतिनिधिलाई सम्मान एकसाथ सम्पन्न गरिएको हो । सहकारी संस्थाले २५ जना सदस्यलाई बाख्राको पाठा Read More…
अर्थ
पैसा अभावमा क्यान्सरका बिरामी घरैमा थला
धुलाबारी । उपचारका लागि खर्च गर्ने सामथ्र्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ वर्षीय गोपाल दर्जी घरमै थला परेका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टरले उनलाई क्यान्सर लागेको पुष्टि गर्दै तत्काल किमोले सेकाउन सुझाव दिएका थिए । उपचार गर्ने रकम नभएपछि Read More…
अब आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत
काठमाडौं । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय Read More…
झापाको कुन पालिकामा कति बेरुजु ?
झापा । गत आर्थिक बर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जिल्लाका १५ वटा पालिकाको कुल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु Read More…
किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान
झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि Read More…
मेचीनगरले ल्यायो १ अर्ब ३२ करोडको बजेट, कुन शिर्षकमा कति ?
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ३२ करोडको बजेट पारित गरेको छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार शुक्रबार सम्पन्न नगरसभाले आगामी आर्थिक बर्षका लागि उक्त बजेट पारित गरेको हो । मेचीनगरमा सबैभन्दा बढी भौतिक पूर्वाधारमा १२ करोड २७ लाख बिनियोजन गरिएको छ । त्यस्तै शिक्षामा ३ करोड Read More…
अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालक व्यवसायी समस्यामा
मेचीनगर । बंगुरमा देखिएको महामारी अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालक व्यवसायी समस्यामा परेका छन् । उक्त महामारीले बंगुर भटाभट मर्न थालेपछि बंगुर पालन कृषक मारमा परेका हुन् । मेचीनगर बंगुर पालन कृषक समूहका अनुसार मेचीनगरमा उक्त महामारीबाट झन्डै २ हजार ५ सयभन्दा बढी बंगुर मरिसकेका छन् । रोग नियन्त्रणमा सरकारी Read More…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो। सोमबार साँझ निगमले विज्ञप्ति निकालेर बढेको मूल्यबारे जानकारी दिएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ Read More…
स्थानीय तह निर्वाचनका उम्मेदवारले अझै पनि बुझाएनन् खर्च विवरण
झापा । स्थानीय तह निर्वाचन भएको डेढ महिना बितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेदवारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए। जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी Read More…
झापा: कुन पालिकाको प्रस्तावित बजेट कति ?
झापा । आज असार १० गते, संविधानतः सबै पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन । संविधानमा उल्लेख गरेको मिति र सोभन्दा पहिले नै पनि झापाका पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पालिकाका प्रमुख र अध्यक्षहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरेका Read More…









