खेलकुद

झापा गोल्डकप फागुन अन्तिम साता गर्ने निर्णय

बिर्तामोड । नेपालकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने भएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको छ । गोल्डकप कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न बैठकले चौथो गोल्डकप भएको दुई वर्षपछि पाँचौँ संस्करणको झापा गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो । कोभिडका कारण २०७६ र २०७७ सालमा प्रतियोगिता हुने सकेन Read More…

खेलकुद

म्यानचेस्टर शीर्षस्थानमा उक्लियाे

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको हो । सिटीलाई सहज जित दिलाउनको लागि बर्नाडो सिल्भाले दुई गरे भने रहिम स्टर्लिङले एक गोल थपे । घरेलु टोलीका जुआन हर्नान्डेजले एक गोल फर्काए । खेलको चौथो मिनेटमै सिटीले अग्रता लिएको Read More…

खेलकुद

प्रथम फाक्तेप गोल्डकपको उपाधि धरान सिटी एफसीलाई

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा जारी “प्रथम एनी फाक्तेप गोल्डकप २०७८” को उपाधि धरान सिटी फुटबल क्लब सुनसरीले जितेको छ । उपाधिका लागि शनिबार भएको फाईनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा झापालाई टाइब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै धरान सिटी फुटबल क्लबले उपाधि चुमेको हो । Read More…

खेलकुद

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच Read More…

खेलकुद

मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्। सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्। उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहकर्मी लुइस सुआरेजले स्टेजमा बधाई दिँदै अवार्ड दिएका थिए। मेसीले वर्ष २०२१ को बालोन डी’ओर Read More…

खेलकुद

नेपाल: टी–२० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ ।  आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएको छ।  यो पराजयसँगै नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आज भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको Read More…

खेलकुद

नेपाली महिला क्रिकेट: मलेसिया ७ विकेटले पराजित, विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य Read More…

खेलकुद

आज नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दवाव

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप छनोटमा आज नेपाल र मलेसिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । अर्को चरणमा पुग्नको लागि नेपाललाई जित्नैपर्ने दवाव छ । यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ । शीर्ष स्थानमा रहेर ग्लोबल छनोट पुग्न नेपाललाई Read More…

खेलकुद

नेपालले आज कुवेतविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज बिहीबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ । Read More…

खेलकुद

नेपालद्वारा भुटान ८ विकेटले पराजित

काठमाडौं । आइसिसी टी–२० महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ । युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो । भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पार गर्यो । नेपालको जितमा सीता राना मगरले १७ रन जोडिन् । उनले १३ बलमा २ चौका Read More…