काठमाडौं, फागुन १६ । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) शानदार जित निकालेको छ । शनिबार राति पिएसजीले डिजोनलाई उसैको मैदानमा ४–० गोलले हराएको हो । पिएसजीलाई जिताउन किलियन एम्बाप्पेले दुई गोल गर्दा मोइसे किन र डेनिलो पेरेर्राले समान एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा किनले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका Read More…
खेलकुद
नेयमार प्रशिक्षणमा फर्किए, बार्सिलाेनाविरुद्ध खेल्ने सम्भावना
काठमाडौं, फागुन १५ । ब्राजिल तथा पेरीस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेल आउन एक साता अगाडी प्रशिक्षणमा फर्किएका छन । तिघ्राको चोटका कारण पहिलो लेगको खेल गुमाएका नेयमार दोस्रो लेग खेल्ने प्रबल संभावना बढेको छ । पीएसजीले नेयमार ब्यक्तिगत प्रशिक्षणमा फर्किएको र उनले दोस्रो लेग खेल्ने संभावना रहेको बताएको Read More…
युरोपा लिगः आर्सनल र एसी मिलान अन्तिम १६ मा प्रवेश
काठमाडौं, फागुन १४ । आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । विहीबार राति भएको खेलमा बेनफिकामाथि ३–२ गोल अन्तरको जीत दर्ता गर्दै आर्सनल अन्तिम १६ मा प्रवेश गरेको हो । आर्सनलको जीतमा पिएरे एमब्रिकले २ गोल गर्दा काइरन टेरेमीले एक गोल थपेका थिए । डिएगो गोनकाल्भ र राफेल सिल्भाले एक एक गोल Read More…
बायर्नको सहज जित, एट्लेटिकोमाथि चेल्सी हावी
काठमाडौं, फागुन १२ । लाजियोमाथि फराकिलो अवे जितका साथ साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो । लाजियोको घरेलु मैदानमा बायर्नका रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमै गोलको खाता खोलेका थिए । उनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो Read More…
रोनाल्डो चम्किँदा युभेन्टसको सहज जित
काठमाडौं, फागुन ११ । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले क्रोटोनलाई आफ्नै मैदानमा ३–० गोलले हराएको हो । युभेन्टस स्टेडियममा घरेलु टोलीको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा वेस्टन एमकेनीले एक गोल गरे । खेलको ३८औँ मिनेटमा एलेक्स सान्द्रोले पास मिलाइदिँदा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती Read More…
पिएसजी आफ्नै मैदानमा मोनाकोसंग पराजित
काठमाडौं, फागुन १० । फ्रेन्च लिग वानमा मोनाकोले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई आफ्नै मैदानमा हराएको छ । आइतबार राति मोनाकोले पिएसजीलाई २–० गोलले हराएको हो । मोनाकोको जितमा सोफाइन डियोप र गुर्लेर्मो मारिपनले समान एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा डियोपले गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाए । ५१औँ मिनेटमा मारिपनले गोल Read More…
आईपीएलमा सन्दीप किन बिकेनन् ?
काठमाडौं, फागुन ९ । इतिहास रच्दै सन् २०१८ को आईपीएलमा नेपाली किशोर सन्दीपले इन्ट्री मारेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष मात्र थियो । दिल्लीले उनलाई न्यूनतम मूल्य २० लाख भारुमा खरीद गर्दा नेपालमा निकै हल्लाखल्ला भयो । सन्दीपले अन्तर्राष्ट्रिय टी२० फ्रेन्चाइजमा प्रवेश गरेको पहिलो वर्ष एकप्रकारको सनसनी नै मच्चाएका थिए । हरेक देशका Read More…
एभर्टनद्वारा लिभरपुल २–० ले पराजित
काठमाडौं, फागुन ९ । इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो । एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।
इंग्लिस प्रिमियर लिग: वुल्भ्स विजयी
काठमाडौं, फागुन ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो । जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ Read More…
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरू
भद्रपुर, फागुन ७ । झापाको भद्रपुर नगरपालिकामा प्रथम मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद बसन्त बानियाले गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथ बानिया ब्याटिङ र नगर प्रमुख जीवन श्रेष्ठले बलिङ गरेर गरेका थिए । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिको अायोजनामा Read More…










