काठमाडौं, फागुन २१ । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले जित निकालेको छ । बिहीबार राति भएको खेलमा इन्टरले पर्मालाई उसैको मैदानमा २–१ गोलले हराएको हो । इन्टरको जितमा एलेक्सिस सान्चेजले दुई गोल गरे भने पर्माका हर्नानी अजेभेदो जुनियरले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औँ मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई Read More…
खेलकुद
आर्मीलाई पाखा लगाउँदै धाइजन – चारआली नव ज्योति कपको फाइनलमा प्रवेश
बाहुण्डाँगी, फागुन २०। धाइजन चारआली फुटबल क्लब मेचीनगर ३ मा नव ज्योति युवा क्लबको आयोजनामा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नव ज्योति निमाविको खेल मैदानमा बिहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा श्रीनाथ गण व्यारेक चारआली (आर्मी) लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल खेलमा आयोजक नव ज्योति युवा क्लबसँगको Read More…
विश्वकप छनाैट: नेपाल र अष्ट्रेलियाकाे खेल स्थगित !
काठमाडौं, फागुन २० । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्ने भनेको खेल स्थगित भएको छ । चैत १७ गते दशरथ रंगशालामा हुने भनिएको खेल अन्तिम समयमा स्थगित भएको हो । एशियन फुटबल महासंघ एएफसीले कोरोना भाइरसका कारण विदेश यात्रामा लागेको प्रतिबन्धका कारण अन्तिम समयमा नेपाल र अष्ट्रेलियाविचको खेल स्थगित गरिएको हो । Read More…
आयोजक टिम नव ज्योति कपको फाइनलमा प्रवेश
बाहुण्डाँगी, फागुन १९ । पुजन राईको निर्णायक गोलसँगै आयोजक नव ज्योति युवा क्लब यहाँ जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार नव ज्योति निमाविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल पकलीलाई १–० को गोल अन्तरले हराउँदै आयोजकले आफ्नो अपराजित यात्रालाई कायम नै राखेको छ । Read More…
धाइजन – चारआली सेमीफाइनलमा
बाहुण्डाँगी, फाुगन १८ । नव ज्योति युवा क्लबको आयोजनामा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगितामा धाइजन चारआली युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । नव ज्योति निमाविको खेल मैदानमा मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै धाइजन चारआलीले शुक्रवार हुने दोस्रो सेमीफाइनलमा श्रीनाथ गण चारआलीसँगको भेटलाई Read More…
सशस्त्र प्रहरी बल नव ज्योति कपको सेमीफाइनलमा प्रवेश
बाहुण्डाँगी, फागुन १७ । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल पकली सेमीफाइनलमा प्रवेश गरेको छ । नव ज्योति युवा क्लबको आयोजनामा नव ज्योति निमाविको खेल मैदानमा सोमवार भएको खेलमा कनकाइ ११ सुरुङ्गालाई ५–१ को फराकिलो गोल अन्तरले पछि पार्दै पकलीले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि Read More…
एभरेष्ट प्रिमियर लिगः क्रिस गेल, उपुल थरंगा, केभिन ओ ब्रायनलगायतले खेल्ने
काठमाडौं, फागुन १७ । नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती पनि लिइसकेको छ।प्रतियोगितामा Read More…
सन्दिप आबद्ध टिम लाहोरको रोमाञ्चक जित
काठमाडौं, फागुन १७ । पाकिस्तान सुपर लिगमा नेपाली क्रिकेटर आबद्ध लाहोर कलन्डर्सले कराँची किंग्सलाई ६ विकेटले पराजित गरेको छ । कराँचीको नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कराँचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनाएको थियाे। ३७ रनमा तीन विकेट गुमाएकाे कराँचीका लागि बाबर आजम ५ , जोए Read More…
टोटनहमको फराकिलो जित
काठमाडौं, फागुन १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास मौराले एक एक गोल गरे । जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै ८औँ स्थानमा उक्लिएको छ Read More…
श्रीनाथ गण चारआली सेमीफाइनलमा
बाहुण्डाँगी, फागुन १६ । नव ज्योति युवा क्लबको आयोजजामा शनिवारबाट सुरु भएको नव ज्योति नकाउट फुटबल प्रतियोगितामा श्रीनाथ गण चारआली (आर्मी) सेमीफाइनलमा प्रवेश गरेको छ । नव ज्योति निमाविको खेल मैदानमा आइतवार भएको खेलमा रोलिङ क्लब धुलावारीलाई २–० को गोल अन्तरले पछि पार्दै सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि आर्मीका देवेन्द्र चौधरी र Read More…










