धर्म संस्कृती

धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि Read More…

धर्म संस्कृती

शिवसताक्षीमा चासोक तङ्नाम धुमधामका साथ मनाइने

शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात लिम्बु समुदायको महान पर्व (उधौली) चासोक तङ्नाम धुमधामका साथ मनाइने भएको छ । आज आयोजक किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ४ गते शिवसताक्षी–११ मा अवस्थित दुधे रंगशालामा चासोक तङ्नाम मनाइने जानकारी दिएको हो । दुधेमा स्थापित होटल चाङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विरबल जबेगुले चासोकलाई Read More…

धर्म संस्कृती

विवाह पञ्चमी आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित देशभर मनाइँदै

धनुषा । – प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र Read More…

धर्म संस्कृती विश्व

नेपाली भाषालाई विश्वसामु चिनाउन सबै लाग्नुपर्छः सिक्किमका मुख्यमन्त्री गोले

झापा । नेपाली भाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपाली भाषालाई विश्वसामु चिनाउन सबै नेपाली भाषी लाग्नु पर्ने बताए। सिक्किमको राजधानी गान्तोकस्थित मनन भवनमा शुक्रबार हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम साहित्य उत्सव २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालमा मात्र नभई नेपाली भाषा, Read More…

धर्म संस्कृती

आज गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं ।  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्मग्रन्थ गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो Read More…

धर्म संस्कृती

आज हरिबोधिनी एकादशी तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं ।  कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत Read More…

धर्म संस्कृती

उदाउँदो सूर्यलाई पूजाअर्चनासहित अर्घ दिई यसपालिको छठ पर्व सम्पन्न

काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । चारदिने छठ पर्वको तेस्रो दिन ब्रतालुले जलाशय किनारमा बनाइएको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।यो वर्ष कोरोना भाइरस संक्रमण जोखिम कम भएकाले गत वर्षको तुलनामा छठी घाटमा भक्तजन बढी भेला भएका थिए । यससंगै आज बिहान उदाउँदो सूर्यलाई पूजाअर्चनासहित अर्घ Read More…

धर्म संस्कृती

अस्ताउदो सूर्यलाई अर्घ दिएर झापावासीले मनाए छठ पर्व

झापा । नेपालीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै हर्षोल्लासका साथ मनाइने छठपर्वको आज मुख्य दिन । झापाको कनकाइ, मावा, बिरिङ निन्दा र मेचीलगायतको नदीहरुमा धुमधामका साथ मनाईदै छ । बिषेश गरी तराई–मधेसवासीले मनाउने छठ पूजा पछिल्लो समय सबै समुदायको साझा पर्वको रुपमा मनाउन थालिएको छ । बर्षेनी छठ पर्वको अवसरमा जिल्लाका विभिन्न नदीको किनारमा मनाउने Read More…

धर्म संस्कृती

छठ पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस Read More…

धर्म संस्कृती

छठ पर्व विधिवत रुपमा शुरु

काठमाडौं । आजबाट विधिवतरुपमा छठ पर्व शुरु भएको छ नेपालको मिथिलाञ्चल क्षेत्र तराई मधेशमा मनाइने छठ पर्वको आज पहिला् दिन हो। कार्तिक शुक्ल चतुदर्शीको दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक छाक मात्र खाइन्छ । Read More…