
झापा । नेपालीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै हर्षोल्लासका साथ मनाइने छठपर्वको आज मुख्य दिन । झापाको कनकाइ, मावा, बिरिङ निन्दा र मेचीलगायतको नदीहरुमा धुमधामका साथ मनाईदै छ । बिषेश गरी तराई–मधेसवासीले मनाउने छठ पूजा पछिल्लो समय सबै समुदायको साझा पर्वको रुपमा मनाउन थालिएको छ ।
बर्षेनी छठ पर्वको अवसरमा जिल्लाका विभिन्न नदीको किनारमा मनाउने गरिएको छठ पूजा कोरोना संक्रमणका कारण विगतका दुई बर्ष रोकिएको थियो । तर, यस बर्ष प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर छठ पर्व मनाउन अनुमती दिएसंगै हर्षोल्लासका मनाइरहेको हो ।
कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ भएकोमा छठ पुजा आज अस्ताउदो सुर्यलाई अर्घ दिइन्छ भने, भोली विहानको उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिँदैछ ।


