बाहुण्डाँगी । लम्की जेसिज र लम्की लेडिज जेसिजको संयुक्त आयोजनामा भएको सप्ताहब्यापी कार्यक्रम कैलालीको लम्कीमा मंगलबार सम्पन्न भएको छ । सप्ताहब्यापी कार्यक्रममा सहयोग गर्ने बिभिन्न सामाजिक संघसंस्था, लम्की जेसिजका पदाधिकारी र समाजसेवीका साथै समाजमा बिभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएका बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान गरीएको छ ।

लम्की लेडि जेसिजका अध्यक्ष दुर्गा गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहनु भएको थियो । लम्की जेसीजका कोषाध्यक्ष ललित देउवाको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन लम्की जेसीजका महासचिव रज बहादुर थापाले गर्नु भएको थियो ।
कार्यक्रममा लम्की जेसिजका संस्थापक अध्यक्ष हेमन्त कुमार बस्नेत, लम्की जेसिजका अध्यक्ष घनश्याम डांगी, इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाह, लम्की बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख सरोजकुमार शाह लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यस क्षेत्रको शान्ति सुक्षा कायम राख्न र लागुऔषध दुर्व्यसनी न्युनिकरणका लागि अतुलनिय योगदान गरेको भन्दै कार्यक्रममा ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत बहादुर शाह, पुलिस क्लबका सदस्य तथा प्रहरी निरीक्षक भरत बहादुर शाहका पिता धनबहादुर शाह, स्वास्थ्य क्षेत्रमा लम्कीचुहा अस्पतालका डाक्टर प्रकाश तिमिल्सैना, कलाकारीताको क्षेत्रमा प्रमेश्वर कार्की , शिक्षाको क्षेत्रमा लम्की बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख सरोज कुमार शाह, सहकारीको क्षेत्रमा किसान बहुउदेश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह, अपाङ्गताको क्षेत्रमा अपाङ्ग चेतना समाज कैलालीका अध्यक्ष प्रेम बयक लगायतका ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा लम्की जेसिज तथा लम्की लेडि जेसिजका संस्थापक तथा पुर्ब अध्यक्षहरु हेमन्त बस्नेत, शुशिला शाही, खडानन्द सापकोटा, जुगराम चौधरी, तर्क थापा, मोहन ढुङ्गाना, कल्पना गिरी , इशरा थापा, देवकी कार्की , मिना स्वडारी बिष्ट लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सप्ताहब्यापि कार्यक्रमका सातै दिनका कार्यक्रम संयोजक तथा अतिथीहरुलाई समेत सम्म्मान गरि एको थियो ।

सात दिनसम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन ट्राफिक सचेता कार्यक्रम, दोस्रो दिन विद्यालयमा अध्यनरत बालिकालाई सेनिटरी प्याड वितरण, तेस्रो दिन लागु औषध तथा साईबर क्राईम सम्बन्धी सचेतना मुलक कार्यक्रम, चौथो दिन निःशुल्क आखा शिविर, पाचौं दिन रक्तदान कार्यक्रम, छैटौं दिन बातावरण संरक्षण सम्बन्धी सचेतना मुलक कार्यक्रम र सप्ताहको अन्तीम दिन सामाजिक ब्यक्तित्वलाई सम्मान तथा समापन कार्यक्रम गरी सप्ताहब्यापी कार्यक्रम गरिएको लम्की जेसिज वर्ष २०२१ का अध्यक्ष घनश्याम डांगीले जानकारी दिनु भएको छ ।

