धर्म संस्कृती

आज जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै : यस्तो छ यसको धार्मिक महत्त्व !

काठमाडौं, भदौ ६ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा Read More…

धर्म संस्कृती

आज नाग पञ्चमी, घर-घरमा नागको तस्वीर टाँसेर मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि Read More…

धर्म संस्कृती

आज साउन १५, खिर खाने दिन

काठमाडौं, साउन १५ । आज साउन १५ नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा Read More…

धर्म संस्कृती

आज सार्वजनिक बिदा

काठमाडौँ, श्रावण ६ । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता Read More…

धर्म संस्कृती

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाडौं, श्रावण ५ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको Read More…

धर्म संस्कृती

गाईको काजकिरिया गर्दै मेचीनगरका दाहाल

मेचीनगर, जेठ ३१ । पछिल्लो समय मानिसहरूले आफ्नो सनातन धर्म भुल्दै जन्मदिने बाबुआमाको समेत काजकिरिया गर्न हिचकिचाई रहेको अवस्थामा झापा मेचीनगर एक व्यक्तिले भने गाईको १० दिने काजकिरिया गरिरहेका छन् । मेचीनगर २ स्थित बाहुनडाँगीका खगेन्द्र दाहाल यतिबेला गाईको १० दिने काजकिरिया बारेर बसेका हुन् । आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा Read More…

धर्म संस्कृती

आज २५६५ औँ बुद्ध जयन्ती

काठमाडौं, जेठ १२ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध Read More…

धर्म संस्कृती

आज आमाको मुख हेर्ने दिन

काठमाडौं, बैशाख २८ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष Read More…

धर्म संस्कृती

पाथीभरा मन्दिरमा पूजापाठ गर्न रोक

ताप्लेजुङ, बैशाख ११ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुका लागि पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ। दिनप्रति दिन कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो। पाथीभरामा दिन प्रतिदिन पूजापाठ गर्ने भक्तजनको भीड बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा देवीस्थलमा पूजापाठ गर्न Read More…

धर्म संस्कृती

पशुपति मन्दिर दर्शनमा सर्वसाधारणलाई रोक

काठमाडौं, बैशाख १० । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न Read More…