मेचीनगर, बैशाख ९ । राम नवमीको अवसर पारेर किर्तन मण्डलीस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर-८ स्थित सरस्वती किर्तन मण्डलीको अायोजनामा बुधबार बेलुका सम्पन्न भजन प्रतियोगितामा श्री सत्यसाई किर्तन मण्डली विजयी भएको छ । विजयी सत्यसाई किर्तन मण्डलीलाई कार्यक्रमका प्रमुख अतिथि कमल पौडेल, निर्णायक मण्डलका गिरिराज धमला, जीवन भट्टराईलगायले प्रमाणपत्र, ट्रफी र डफली प्रदान Read More…
धर्म संस्कृती
आफ्ना दुःख सुख साट्दै मनाए जेष्ठ नागरिकले नयाँ बर्ष
मेचीनगर, बैशाख १ । नयाँ बर्षको अवसर पारेर झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा जेष्ठ नागरिकहरु भेला भएर आफ्ना दुःख सुख साट्दै नयाँ बर्ष मनाएका छन् । नयाँ बर्ष २०७८ सालको आगमन संगै आज पहिलो दिन मेचीनगर–२ का अग्रज समाजसेवी एवम् जेष्ठ नागरिक ज्ञानबहादुर तामाङको आर्थिक संयोजनमा सो क्षेत्रका ७० बर्ष नाघेका बृद्ध बृद्धालाई भेला पारी सम्मान Read More…
नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै
काठमाडौं, बैशाख १ । आज विक्रम संवत् २०७८ सालको वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको Read More…
पूर्वराजा-रानी कुम्भमेलामा सहभागी हुन भारत जाने
काठमाडौं, चैत २४ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह भारत जाने भएका छन् । पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी चैत २६ गते बिहीबार भारत जान लागेका हुन् । उनी कहिले फर्किने हुन् भन्ने बताइएको छ । हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ ।
आज तराईका जिल्लामा फागु पर्व मनाइँदै
झापा, चैत १६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । दुई वर्ष अघिसम्म देशका विभिन्न क्षेत्रमा उत्ताउलो रुपमा Read More…
आज हिमाली र पहाडी जिल्लामा फागु पर्व मनाइँदै
काठमाण्डौ, चैत १५ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा Read More…
होली कार्यक्रम आयोजना गर्नेलाई पक्रन निर्देशन
काठमाडौं, चैत १३ । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले होलीपर्वको दिन भीडभाड गरेर होली नखेल्न सुचित Read More…
कोरोना प्रभावः पातालगंगा शिवालय मन्दिरमा लाग्ने शिवरात्री मेला (तस्वीर सहित)
युवराज आचार्यमेचीनगर, फागुन २७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्ष शिवरात्री मेला प्रभावित बनेको छ । महाशिवरात्रीको अवसरमा झापाको मेचीनगरमा रहेको पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल पातालगंगा शिवालय मन्दिरमा लाग्ने मेला प्रभावित बनेको हो । यस क्षेत्रमा तामझामका साथ बिगत बर्षहरुमा भब्य मेला आयोजना हुन्थ्यो । मेलामा रोटेपिङ्ग, रेलगाडी, मोतका Read More…
आज महाशिवरात्रि, आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
काठमाडौं, फागुन २७ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व Read More…
माधव संस्कृत गुरुकुलमा उद्घोषण तालिम सम्पन्न
मेचीनगर, फागुन २१ । झापाको मेचिनगर १२ मा अवस्थित श्री माधव संस्कृत विध्याश्रममा १० दिने उद्घोषण एवं व्यक्तित्व विकास तालिम आज सम्पन्न भएको छ । विध्याश्रममा वटुक विध्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ति स्थापित विध्यार्थी अक्षय कल्याण कोष एवं वाग्वर्द्धिनी सभाको आयोजनामा २०७७ साल फाल्गुण १८ गतेबाट तालिम सन्चालन भएको थियो । वाग्वर्द्धिनी सभाका अध्यक्ष Read More…









