मेचीनगर । पुर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर स्तर उन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले बिगत लामो समयदेखि ओझेलमा पर्दै जिर्ण अवस्थामा रहेको मेचीनगरको उक्त मन्दिर स्तरबृद्धी गर्दै पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार मेचीनगर लागि परेको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, Read More…
धर्म संस्कृती
स्वस्थानी व्रतकथा आजदेखि
काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर Read More…
अयोध्यामा रामको प्राणप्रतिष्ठा आज, ससुराली जनकपुरधाम राममय
काठमाडौं । २२ जनवरी अर्थात् सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् । राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर Read More…
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा Read More…
झापामा मनाइयो राष्ट्रिय भाक्का दिवस
झापा । झापामा राष्ट्रिय भाक्का दिवस आइतबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु गरेका हुन्। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना Read More…
“त्रिऋण गङ्गा मोक्षधाम” विकास गर्न श्रमदान मार्फत जुटे स्थानीय, संगसगै जोडिए सांसद् शर्मा
मेचीनगर । मेचीनगर-१ पाटापुरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल त्रिऋण गङ्गा मोक्षधाम को विकास तथा प्रर्वद्धन गर्ने अभियान अन्तरगत सुरु भएको श्रमबार अभियानको चौथौ श्रमबार अर्थात आज (शनिवार) झापा क्षेत्र नं. १ का सांसद र तथा नेपाली कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीयरहेको साथमा श्रमदान गरेका छ । देविस्थान छिरिङखोपमा आयोजना भएको श्रम अभियानमा Read More…
बाहुण्डाँगीमा दोस्रो तरुल महोत्सव पुस २९ र माघ १ गते हुने
मेचीनगर । मेचीनगर ४ स्थित बाहुण्डाँगीमा दुई दिने तरुल महोत्सव आयोजना हुने भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा वडा नम्बर ४ को व्यवस्थापनमा यहीँ पुस २९ र माघ १ गते बाहुण्डाँगी बजारमा दोस्रो तरुल महोत्सव हुने भएको हो । यतिबेला महोत्सवको तयारी तिब्र पारिएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । ‘दोस्रो Read More…
मेचीनगर १ मा महाभारत कालिन इतिहाससँग जोडिएको अलौकिक बृक्ष, स्थानीय जुटे मोक्षधाम निर्माणमा
मेचीनगर । मेचीनगर– १ स्थित पाटापुर क्षेत्रमा महाभारतकालिन इतिहाँससँग जोडिएका बिभिन अलौकिक बस्तुहरु भेटिन थालेपछि सो क्षेत्रलाई मोक्ष धामको रुपमा विकास गर्न स्थानीयहरु जुटेका छन् । तिरिङ खोलाको किनारमा अवस्थित विशाल बटबृक्ष र त्यसको ५ सय मिटर दक्षिणमा अवस्थित नागदेवताको प्रतिमाले यस क्षेत्रको पहिचान बदल्ने भएको हो । यहाँ विशाल एउटै बृक्षमा पाँच प्रजातिका रुख Read More…
“हाम्रो पातालगंगा राम्रो र सुन्दर पातालगंगा” बनाउन जुटे मेचीनगरका जनप्रतिनिधि
मेचीनगर । मेचीनगर-८ का जनप्रतिनिधिले पुर्वको धार्मिक तथा पर्यटक स्थल पातालगंगा क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरका छन् । एक दशक अघिसम्म देशकै चर्चित बनभोज स्थलको रूपमा परिचित पातालगंगा अहिले ओझेलमा पर्दै आइरहेको अवस्था छ । त्यसलाई पुनः चलायमान बनाउन स्थानीय जनप्रतिनिधि अभियान मार्फत लागि परेका हुन् । मेचीनगर-८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति Read More…
बालाचतुर्दशीको अवसरमा अर्जुनधारा धाममा भक्तजनको घुइचो
झापा । पुर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामा बालाचतुर्दशी पर्वको अवसरमा लाखौं भक्तजनले दर्शन गरेका छन् । आफ्ना दिवङ्गत पितृको सम्झनामा स्वदेश तथा छिमेकी मुलुक भारत तथा भूटानबाटसमेत आएका भक्तजनले शतबीज छरेर अर्जुनधाराधाममा बालाचतुर्दशी पर्व मनाएका छन् । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी Read More…










