काठमाडौं, पुष १४ । देशभरका ७५३ वटै स्थानीय तहको ह्याक भएको सर्भर रिकभर अभएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको थियो । महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको उसले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय Read More…
संघ \संस्था
६ हजार घुस लिँदा हवल्दार र इन्सपेक्टर पक्राउ
काठमाडौं, पुष १३ । रुपन्देहीस्थित विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका इस्पेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् । ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका सहायक हवल्दार चौधरीको बयानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले इन्सपेक्टर तेजबहादुरलाई पनि नियन्त्रणमा लिएको हो । चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सीमा नाकाबाट सामान ल्याउने स्थानीयसँग Read More…
महोत्सवको चौथौ दिन १५ हजार बढीले अवलोकन गरे
झापा, पुस १२। धुलाबारीमा भईरहेको तस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा अवलोकन तथा मनोरञ्जन गर्न आउने मनिसहरुको संख्या उल्लेखिय भएको छ । महोत्सवको चौथो दिन १५ हजार भन्दा बढी मानिसहरुले अवलोकन गरेका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेका महोत्सवमा हालसम्म ४५ हजार मनिसहरुले अवलोकन गरीसकेको मेची उद्योग माणिज्य संघका अध्यक्ष Read More…
जेसिजको राष्ट्रिय बक्तृत्वकलामा बानिया प्रथम
झापा, पुष १२ । नेपाल जसिजको आयोजनामा सम्पन्न राष्ट्रिय बतृत्वकला प्रतियोगितामा झापा बाहुनडाँगी जेसिजका महासचिव देबु बानियाले प्रथम स्थान हासिल गर्नु भएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औं राष्ट्रिय अधिवेशन संगै प्रतियोगिता सम्पन्न भएको थियो । देश भरिका बिभिन्न ४ वटा एरियाबाट प्रतिनिधित्व गर्दै फाइनल चरणमा आएका प्रतिस्पर्धीहरुलाई पाखा लगाउदै झापाका बानियाले उपाधी हात Read More…
प्रदेश प्रमुख प्रसाईं सम्मानित
झापा, पुष १२ । प्रदेश नम्बर ३ का प्रमुख विष्णुप्रसाद प्रसाइंलाई शनिबार सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख प्रसाइंलाई सम्मान गरेको हो । काँकरभिट्टा खानेपानी संस्थामा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रसाईले समृद्ध मेचीनगर निर्माण भए आफूले साँचो अर्थमा सम्मानित भएको अनुभूति हुने बताए । दलगत स्वार्थभन्दा माथि उठेर Read More…
करेसाबारी खेती सम्बन्धी तालिम सुरु
झापा, पुष १२ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम शनिबारबाट सुरु भएको छ । तालिमको उद्घाटन गर्दै मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले कृषिबाट मात्र देशमा आर्थिक परिवर्तन सम्भव रहेको बताए । उद्घाटन सत्रमा वडा सदस्य सन्तोष मेचे, नेकपा ८ नम्बर वडा अध्यक्ष कुन्दन निरौला, नेपाली काँगे्रसका Read More…
अन्तराष्ट्रिय महोत्सवको तेस्रो दिन आज हेलिकप्टरबाट अवलोकन गर्ने ब्यवस्था
झापा, पुस ११ । तेस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तेस्रो दिन शुक्रबार (आज) देखि महोत्सवमा दैनिक हेलिकप्टरबाट अवलोकन गराउने ब्यवस्था रहेको आयोजकले जनाएको छ । हेलिकप्टरबाट आज बिहान ९ बजे एक पटक ताप्लेजुङ स्थीत पाथीभरा मन्दीरमा पु¥याउने र बाँकी समय झापा अवलोकन गराउने ब्यवस्था गरिएको आयोजक समितिको अध्यक्ष ऋषि तिम्सिनाले बताउनु भयो Read More…
महोत्सवको दोस्रो दिन उल्लेखिय सहभागी
झापा, पुस १० । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेको तस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन अवलोकन गर्ने मानिसहरुको उल्लेखिय सहभागीता रहेको छ । महोत्सवको पहिलो र दोस्रो दिनमा करिब २० हजार जना मानिसहरुले आवलोकन गरेकोे महोत्सव आयोजक समितिको कलाकार व्यवस्थापन संयोजक अञ्जु थापाले जानकारी दिनुभयो । पुस १७ गतेसम्म Read More…
झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव शुरु
झापा, पुष ९ । नेपालको पूर्वी सीमा नाका झापाको मेचीनगरमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन हुँदै गर्दा Read More…
मेचीनगरमा सिलाई कटाई तालिम सुरु
झापा, पुष ८ । मेचीनगर–८ मा सिलाई कटाई तालिम सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर प्रमुख बिमल आचार्यले गर्नु भएको छ । प्रमुख अतिथि आचार्यले सिलाई कटाई सम्बन्धी तालिम वडाका महिलाहरु दक्ष बन्ने अवसर रहेको भन्दै तालिममा सहभागी सबैले यसबाट लाभ लिदै आत्मानिर्भर बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर Read More…










