खेलकुद

धुलाबारीमा आजदेखी प्रदेश स्तरीय फुटवल


मेचीनगर, चैत ७ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा आज शनिबारदेखि चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ ।

आज उद्घाटन खेलमा रेडहर्स फुटबल क्लब ईलाम र न्यूस्टार फुटबल क्लब सुनसरी बिच दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

२० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं.१० रहेको छ । अन्य रकम खेलप्रेमी तथा उद्योगीबाट सहयोग संकलन गरिएको क्लबका अध्यक्ष नोमेम्बर नेम्वाङले बताए ।