एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमार भन्छन । मेरो र एमबाप्पेको सम्बन्ध मैदान भित्र खेल खेलदा होस् वा मैदान बाहिर निकै राम्रो छ । म उसलाई गोल्डेन ब्याई भनेर सम्बोधन गर्ने गर्छु,ु खुट्टाको चोटको कारण मैदान बाहिर रहेका नेयमारले भने, ुउ एक यस्तो साथी हो जसको लागि म विशेष स्नेह राख्छु । उ फुटबलको सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हो र उसले पसुटबलमा ईतिहास रच्नेछ । र, म उसलाई सक्दो मद्दत गर्ने प्रयास गर्दछु ।ु
मोनाकोबाट पीएसजी आएपछि एमबाप्पेले उकृष्ट प्रदर्शन गरिरहेका छन् । फ्रान्सका २० बर्षे एमबाप्पेले यस सिजन पीएसजीबाट ५० गोल गरिसकेका छन् । एमबाप्पेले फ्रान्सबाट विश्वकप र पीएसजीबाट दुई पटक लिग वान उपाधि उचालिसकेका छन् ।
ुअभ्यास होस् या खेल । उसको आचरणको बारेमा म उसलाई बताउछु या उसले मलाई बताउँछ । मानौं हामी दाजुभाई हौं,ु नेयामारले थपे, ुहामी एक अर्कासंग ईर्ष्या गर्दैनौँ । जब उनले एक गोल गर्छ । उसले मलाई एक पास दिन चाहन्छ । म पनि उसलाई पास दिन्छु । म उसले गोल गरेको हेर्न चाहान्छु । यस्तो सम्बन्ध म बार्सिलोनामा हुँदा लियोनल मेस्सीसंग पनि थियो ।ु
यस्तै नेयमारले आफ्नो भविष्यको टिप्पणीबारे बोल्न नमिल्ने बताए । नेयमारले रियल मड्रिडसंग जोडिएर आउने आफ्नो हल्लाहरुले वाक्क लाग्ने गरेको समेत बताए ।

