खेलकुद

म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी/ म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

म्यानचेस्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनलाई तीन–एकले हराउँदै समग्रमा तीन–तीन को बराबरी भएपछि अवे गोलका कारण युनाइटेडले अन्तिम आठमा स्थान बनायो ।

युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि १२ औं मिनेटमा बेरनाटले पीएसजीका लागि गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । तर ३० औं मिनेटमा फेरी लुकाकुले युनाइटेडलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडका लागि मार्कुस सारफोर्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । इन्जुरी समयमा युनाइटेडले भार प्रणालीबाट पेनाल्टी पाएको थियो । जुन युनाइटेडका लागि अमृत सावित भयो भने पीएसजीका लागि प्रतियोगिताबाट बाहिरिनुपर्ने बाध्यता बन्यो ।

Leave a Reply

Your email address will not be published.