समाचार

भारतीयले गाडेको सीमा स्तम्भ भत्काए नेपालीले

झापा, चैत २१ । नेपालको पूर्वी सीमा झापाको काँकरभिट्टामा अन्तर्राष्ट्रिय सीमाको नियमलाई प्रवाह नगरी नियम विपरित भारतीयले सीमा स्तम्भ बनाएका थिए ।

नेपालको विभिन्न भुभागमा पटक पटक सीमा स्तम्भ मिच्दै आएको भारतिय पक्षले फेरी नेपाली भूमिमै आएर रातारात यसरी माइल स्तम्भ बनाउनु भारतिय हेपहा प्रवृद्धि हावि भएको देखीन्छ । प्रवेश द्धारमा २४ घण्टै खटिने इलाका प्रहरी प्रहरी तथा सशस्त्र प्रहरी बल समेत यसबारे जानकार छैनन ।

देश र जनताको सुरक्षका लागि खटिएका प्रहरीहरुको आसपासमा नै भारतीयले नियम बिपरीत नेपाली भूमिमा सीमा स्तम्भ राख्नु प्रशासनलाई नै चुनौती देखीन्छ भने भारतीयको हेपहा प्रबृद्धि देखीन्छ ।
नेपालमा बिना जानकारी नियम विपरीत पुरानो स्तम्भभन्दा २० मिटर वर नेपालको भूमिमा स्तम्भ सारेको फेला परेको हो ।

झापा जिल्लाका सिडियो जनकराज दाहाल, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापा, सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी राजेश घिमिरे, समाजसेवी, संघ÷सस्था तथा राजनीती दलका नेता भेला भई बिहीबार उक्त सीमा स्तम्भ उखलेर फालीएको छ ।

Leave a Reply

Your email address will not be published.