
काठमाण्डौं, चैत २१ । क्यामरुन क्लब दाउफिन्स तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको अन्तीम सेमीफाईनल खेलमा झापाको मेचि नेत्रालय ट्रेनिङ सेन्टरलाई ३–० गोल अन्तरले पराजित गर्दै क्यामरुन क्लब दाउफिन्स अन्तिम दुईमा पुगेको हो । दाउफिन्सको तर्फ बाट पेटेङ्गा, टिना र ओनगुविनले समान एक एक गोल गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलको म्यान अफ दि म्याच दाउफिन्सको ओनगुविन चुनिए । उनले नगद १० हजार प्राप्त गरे । अब दाउफिन्सले उपाधिका लागि शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब संग भिड्ने भएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ६ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । यस्तै उपविजेताले नगद ३ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छ ।

