स्वास्थ्य

धुलाबारी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

झापा, चैत २२ । धुलाबारी जेसीजले आफ्नो ४०औ स्थापना दिवशको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर १० स्थित धुलाबारी चोक कृषि विकास बैक अगाडी आयोजना भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

धुलाबारी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको थियो ।
मेचीनगर १० का वडा अध्यक्ष सुवेस पनेरुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धुलाबारी जेसीजका पुर्व अध्यक्ष नारायन खनाल लगायत पुर्व अध्यक्ष सहितजेसीजका सदस्यहरु, पत्रकार, विभिन्न संघ/संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

धुलाबारी जेसीजका अध्यक्ष केशब पोखरेलको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गगन पोखरेल र संचालन महासचिव डिल्लीराम भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.