समाचार

अमेरिकाको दक्षिणी राज्यमा टोर्नाडोले मचायो विध्वंश , ८ जनाको मृत्यु

एजेन्सी बैशाख ०३ । केही समय अगाडीमात्र नेपालको बारा र पर्सामा टोर्नाडोले विध्वशं नै मचाएको थियो । जसमा ठुलो धनजनको क्षति भयो । यही टोर्नाडोले अमेरिकाको दक्षिणी राज्यमा विध्वशं मचाएको छ ।

अमेरिकाका केही दक्षिणी राज्यमा आएको टोर्नाडो आँधीले बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको र धेरै जना घाईते भएको अधिकारीहरुले जनाएका छन् । टोर्नाडो आँधीको कारण टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। कारको अगाडिको सिटमा बसेका ती बालबालिका अभिभावक भने सकुशल छन्।मिसिसिपी, टेक्सस र लुइजियाना राज्यबाट मानवीय क्षतिका विवरण प्राप्त भएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सडकमार्गहरूमा थुप्रिएको अवशेषका कारण केही घाइतेहरूलाई घण्टौँसम्म पनि उद्धार गर्न सकिएको छैन। यता अधिकारीहरूले आँधी पूर्वी तटतर्फ जान सुरु गर्नुअघि कम्तीमा ११ वटा टोर्नाडोलेतीनवटा राज्यलाई छोएको बताएका छन्।ओहायो, दक्षिणी क्यारोलाइना र भर्जिनियामा पनि टोर्नाडोको चेतावनी दिएको छ । एउटा सन्दिग्ध टोर्नाडोले टेक्ससको अल्टोमा क्षति पु¥याएको छ । त्यहाँ रैथाने अमेरिकीहरूको सांस्कृतिक कार्यक्रममा सहभागी एक व्यक्तिको ज्यान गयो भने झन्डै दुई दर्जन व्यक्तिहरू घाइते भएको अधिकारीहरूले समाचारसंस्था एपीलाई बताएका छन्।

टेक्ससकै फ्र्याक्लिनमा ५५ वटा घर तथा सार्वजनिक भवनसमेत ६० वटा भवन भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। यसैगरी टोर्नाडोपछि अचानक आएको बाढीले लुइजियानमा एक १३ वर्षीय बालकको ज्यान गएको छ।ती बालकको शव एउटा ढलमा डुबेको अवस्थामा पाइएको थियो।एलबेमामा पनि सडकमा लडेका रूखहरू पन्छाउन सहयोग गर्दैगर्दा एक ना कामदारलाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको छ।उक्त आँधी सोमवार पूर्वतर्फ सरेको छ। आँधीको कारण न्यूयोर्क, न्यूजर्जी र पेन्सिलभेनियामा सार्वजनिक सवारीसाधन सञ्चालन प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published.