
मोरङ्ग, बैशाख ०९ । मोरङको उर्लाबारी नगरपालिकास्थित पुशपंक्षि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा नै मस्त निदाएको भेटिएका छन् । आईतबार दिउँसो दिउँसो स्थनिय पत्रकार रिर्पोटिङका लागि कार्यालय पुग्दा यादव मस्त निन्द्रामा थिए । लामो समय भईसक्दा पनि यादव नउठेपछि पत्रकारले तस्बिर खिचेका थिए ।
कार्यालय समयमा कर्मचारी कुर्सीमा नै यसरी निदाउँदा यसले सेवाग्राफीको काममा कति प्रभाव पर्छ होला रु कार्यालय समयमा यसरी कुर्सीमा सुत्न मिल्छ रु भनेर प्रश्न गर्दा उनले कामको चापले ‘भुसुक्कै निदाए छुु’ भने । उनले गोबर परिक्षण गर्ने सेवाग्राफी बढेको र कामको चापले टाउको दुखेपछि रेस्ट गर्दा निदाएको बताएका छन् । कार्यालयमा सुत्न नहुने बताउँदै गोबर पटक पटक चेक गर्दा टाउको असाध्य दुखेपछि साथीभाईलाई हेर्न लगाएर आफु रेस्ट गर्न गएको जवाफ दिएका छन् ।

