
डडेल्धुरा, बैशाख ११ । डडेल्धुरामा बुधबार एका बिहानै बस दुर्घटना भएको छ ।
दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटना लगत्तै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेकोजिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

