खेलकुद

मेचीनगर गोल्डकप भोली देखी

युवराज आचार्य
झापा, बैशाख ११ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ । यो वर्ष टिकट, पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाईएको आयोजक समितिका सचिव अशोक राईले जानकारी दिए ।

बैशाख १२ गते (भोली) देखी २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको १.नं. प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोली हुने उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले क्यमरुनी क्लब दाउफिन्सको सामना गर्ने छ ।

भोली बाट सञ्चालन हुने प्रतियोगितामा १० टिमले सहभागिता जनाउने निश्चित भएको छ । प्रतियोगितामा क्यमरुनी क्लब दाउफिन्स, पारो एफसी भुटान, रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सिएमजी संकटा क्लब, च्यासल युथ क्लब, धरान फुटबल क्लब सुनसरी, माइभ्याली फुटबल क्लब ईलाम र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर रहेको छ ।

मेची नेत्रालय मेचीनगर गोल्डकपको टाइटल स्पोन्सरमा मेचीनगरकै मेची नेत्रालय रहको छ । झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । यो वर्ष गोल्डकपको सहआयोजकमा झापा जिल्ला खेलकुद विकास समिति, काँकरभिट्टा भेट्रान फुटबल क्लब र मेचीनगर खेलकुद परिषद रहेको आयोजक समितिका अध्यक्ष मिन बहादुर बस्नेतले जानकारी दिए ।

गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published.