संघ \संस्था

धुलावारी खानेपानीमा घिमिरे

झापा, बैशाख १६। धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा अजय घिमिरे निर्वाचित भएका छन् ।

समितिको तीन वर्षे कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशील तथा राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, नेकपा माले र विवेकशील साझा पार्टीको संयुक्त प्यानल बीच नेतृतवका लागि प्रतिस्पर्धा भएको थियो । जसमा लोकतान्त्रिक प्रगतिशील समुहका सबै उम्मेद्वार विजयी भएका छन् ।

लोकतान्त्रिक प्रगतिशील समुहका अध्यक्षमा अजय घिमिरे मत १ हजार ५ सय ५४ प्राप्त गर्दै विजयी भएका थिए । घिमिरेका प्रतिस्पर्धी साझ प्यानलका उम्मेद्वार चन्द्र खनालले ४ सय ९३ मत प्राप्त गेका थिए । घिमिरेले प्राप्त गरेको मत खानलको भन्दा १ हजार ६१ मतले बढी हो । यसैगरी, उपाध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल समुहकै चेतराज विष्टले साझा प्यानलका उम्मेद्वार नरेश खड्कालाई ५ सय ९७ मतले पराजित गरी विजयी भएका हुन। विष्टले १ हजार ३ सय तथा खड्काले ७ सय ३ मत प्राप्त गरेका थिए । सचिवमा कञ्चन तामाङले १ हजार २ सय ५१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी अशोककुमार खडौलियाले ७ सय १७ मत प्राप्त गरे। यसैगरी, सदस्यहरुमा धनकाजी खत्री १ हजार २ सय ५१, हिमालय आङ्गदम्बे १ हजार २ सय ६६, केशव दाहाल १ हजार ३ सय ३, कृष्ण अधिकारी १ हजार १ सय ४२, राजेश खड्का १ हजार २ सय ७ र लक्ष्मीप्रसाद उप्रेती १ हजार २ सय ८४ मत प्राप्त गरी विनयी भएका छन् ।

महिला सदस्यहरुमा अम्बिका संग्रौला भण्डारी १ हजार ३ सय ६२ र लक्ष्मी श्रेष्ठ १ हजार २ सय ५९ मतका साथ विजयी हुनुभएको छ । यसैगरी, खनाल प्यानलका पराजित उम्मेद्वारहरु अमर लिम्बु ६ सय ८१, भरोशादास पौडेल ६ सय ९८ , लिलन प्रसाई ५ सय ८१, राजकुमार साह ३ सय ८५ र शंकर दाहालले ७ सय ४९ मत प्राप्त गरेका थिए । महिला सदस्य बिना अधिकारीले ७ सय ४७ मत प्राप्त गरिन् ।

कुल ४ हजार १ सय ९९ मतदाता रहे पनि कुल २ हजार ४ सय ६७ मात्र मत खसेको थियो । खसेको मतमध्ये १ सय १५ बदर भएको निर्वाचन संयोजक अशोककुमार पोखरेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.