
झापा, वैशाख १६ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने तेस्रो क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लब र पारो एफसी भुटान बिच प्रतिस्पर्धा हुदैछ ।

नेपाल पुलिस र पारो एफसी भुटान जारी चौथो संस्करणको उपाधि दाबेदार टिम हो । यी दुई टिमबीचको खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । आज विजयी हुने टिमले सेमिफाइनल खेलमा बुधबार सिएमजी संकटा क्लब संगको भेट पक्का गर्ने छ ।
काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे हुदैछ ।
१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् ।

