
एजेन्सी, जेष्ठ १४ । फ्रान्सेली क्लब पीएसजीमा अर्को सिजन क्लबका स्टार खेलाडी नेयमार र एम्बाप्पे रहनेकी नरहने ढुङ्गो नरहेको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । टुचेलले भर्खरै मात्र पीएसजीसंगको सम्झौता सन् २०२१ सम्म पुर्याएका छन् ।
पछिल्लो समय दुवै खेलाडी पीएसजी भन्दा बाहिर निस्कन खोजिरहेका टुचेलको बुझाई छ । तर उनले दुवै खेलाडीलाई क्लबमा राख्न जोड गरिरहेका पनि बताएका छन् ।
ब्राजिली स्टार नेयमार पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका छन् । उनी सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा फ्रान्सेली क्लब आएका थिए ।
एक समारोहमा फ्रान्सेली स्टार एम्बाप्पले क्लब छाड्ने संकेत गर्दै आफु नयाँ परियोजनामा सहभागि हुने बताएका थिए ।
पीएसजीले सफलतापुर्वक लिग वानको उपाधि रक्षा गरेको थियो । तर घरेलु कप हात पार्न असफल पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को खेलबाट बाहिरिएको थियो ।

